kalapani nepali lady kantipathकाडमाडौं । भारतले नेपालीभूमी मिचेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपालभर विभिन्न रुपमा विरोध भइरहेको छ । सडकदेखि सदनसम्म भारतीय कदमको विरोध भइरहेको छ ।

नेपाली नागरिकहरुले सबैले आफूले सक्ने तहको विरोध गरिरहेको संचारमाध्यम र सामाजिक संजालमा देख्न पाइन्छ ।

यसैबीच एक नेपाली चेलीले भिडियो सन्देशमार्फत भारतीय कदमको विरोध गरेकी छन् । उनले नेपालीभूमी कुनैपनि हालतमा भारतले हड्प्ने नदिने बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलाई भारतबाट लखेट्न भनेको कुरा सामाजिक संजाल र संचारमाध्यममा आएपछि त्यसको काउन्टरमा भिडियो सन्देश बनाएकी हुन् । उनले मोदीलाई स्पष्ट भनेकी छन्, बरु सीमामा गर्धन छिनिएला तर नेपालीभूमी नछोड्ने बताएकी छन् ।

भिडियोमा उनले नेपाल विश्‍वमा कहिलै गुलाम नभएको स्मरण गराउँदै भारतको पनि गुलाम नबन्ने बताएकी छन् । उनले नेपाललाई आफ्नी आमा समान मान्ने भन्दै नक्सामा लेख्दैनामा कालापानी-लिपुलेक गुम्न नदिने बताएकी छन् ।

हिन्दू भाषामै उनले नेपालीभूमी आफ्नो नक्सामा हाल्दैमा नहुेन भन्दै त्यसको लागि ज्यान दिने बताएकी छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...