1478958692 banner ad format

 
 

फलेवास (पर्वत) । बेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । 

Kali Gandaki River teacher missing body

डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । “शवसँग पौडेलका बाबु, आमाको रगत पठाएका थियौँ, डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको छ”, उनले बताए । 


कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उनको शव भेटिएको थियो । शव पौडेलकै भए÷नभएका विषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि राजधानी पठाएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood