1478958692 banner ad format

 
 

बाबियाचौर (म्याग्दी) । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन् । 

Kaligandi river

अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । 

सडक विस्तार भइरहेकाले गाडी रोकिएको अवस्थामा पैदलै घाँसातर्फ जाँदै गरेका भारत बिहारका ललन शर्मा सडकको डिलबाट खोँचमा खसेका हुन् । शर्माले लगाएको गलबन्दी भिरमा अड्किएको अवस्थामा देखिएको र उनको खोजीमा प्रहरी परिचालन भएको घटनास्थलबाट इन्द्रसिङ शेरचनले बताए । 

यसैगरी, शुक्रबार भुरुङ तातोपानीदेखि बेनी आउँदै गरेको मोटरसाइकलसहित कालीगण्डकी नदीमा खसेर हेटौँडा उपमहानगरपालिका–१६ का अन्दाजी २४ वर्षीय बादल बम्जन बेपत्ता भएका छन् । ग १२ प ५३४ नं को मोटरसाइकलमा बेनी आउँदै गरेका उनी भुरुङ तातोपानीको भिरबाट कालीगण्डकी नदीमा खसेका थिए । 

बम्जनको खोजी जारी रहेको र अवस्था अज्ञात रहेको भुरुङ तातोपानी प्रहरी चौकीले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood