पर्सा -  कालिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी भएका छन् । 

आज अपराह्न भएको मतगणनाको परिणामानुसार जनता दलका कुशवाहाले दुई हजार ८१६ र उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका लालसादेवीले दुई हजार ६९६ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसै उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया दुई हजार ९१४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता दलकी मालतीदेवी कोइरीले दुई हजार ६३० मत हासिल गरेको सूचना अधिकृत महेश साहले जानकारी दिए । 

त्यसै गाउँपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली काँग्रेसका शिवनाथ कुर्मी, २ मा सोनालाला चौरसिया, ३ मा सञ्जय पटेल, ४ मा हरिओम प्रसाद र वडा नं ५ का वडाध्यक्षमा पवन तिवारी विजयी भएका छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...