दाङ - मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ । 

Kamalari ID

जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कँुवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय गरेको हो । 

यसअघि स्थानीय तहहरुबाट भूमिसुधार कार्यालयमार्फत मन्त्रालयमा पठाइएका नामलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि बैठकले प्रमाणीकरण गरेको हो । भूमिसुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिए । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिएर न्याय गरेको बताए । वास्तविक मुक्त कमलरीले परिचयपत्र पाउनुपर्ने भन्दै उनले परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक सिफारिसमा निःशुल्क सेवा प्रदान गरिएको जानकारीसमेत दिए । 

यसअघि दाङमा १० जना मुक्त कमलरीले परिचयपत्र पाएका छन् । भूमिसुधार मन्त्रालयमा दाङका दुई हजार ९४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा चार हजार ६७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाइने पूर्व कमलरी उर्मिला चौधरीले जानकारी दिए । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...