काठमाडौँ - आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमानउनु भएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) आफ्नै निवास भरतपुर महानगरपालिका कृष्णपुरमा मङ्गलवार साँझ साढे नौ बजे ब्रह्मलिन हुनुभएको छ ।

Kamalraj Bhandari
वि.सं. १९९२ बैशाखमा पिता गुरुप्रसाद र माता रम्जनतादेवि भण्डारीका कान्छा छोराको रूपमा पर्वत जिल्लाको हुवास अन्तर्गत किक्रिकमा जन्मनु भएका कमलानन्द सरस्वतीमा ज्योतिष फलादेशको क्षेत्रमा फरक क्षमता थियो । समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भविष्यवाणी गरेर चर्चा आउनु हुने उहाँले राजा महेन्द्रको मृत्युको भविष्यवाणी गर्दा केही दिन जेल पर्नु परेको थियो ।


ब्रिटेनकी राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुने उहाँको भविष्यवाणीले अन्तर्राष्ट्रिय चर्चा बटुलेको थियो । २०५१ सालमा गिरीजाप्रसाद कोइरालालाई मध्यावधी नगर्न सल्लाह दिनु भएको र सो कुरालाई कोइरालाले नमान्दा नेपाली काँग्रेसले पराजय भोग्नु परेको कुराले पनि निकै चर्चा पाएको थियो । यस्ता भविष्यवाणी उहाँले धेरै गर्नु हुन्थ्यो जुन पूरा हुन्थ्ये ।


ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुवी भएका उहाँलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै संपूणानन्द विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो ।


यसै गरी उहाँमा भएको आयुर्वेद उपचारको उत्कृष्ट ज्ञान एवं सेवाको कदर गर्दै नेपाल आयुर्वेदीय संस्थाले आयुर्वेद ऋषिको उपाधिबाट विभूषित गरेको थियो ।


स्व. कमलानन्द सरस्वतीका दुई श्रीमती, पाँच छोरा, दुई छोरी हुनुहुन्छ । जेठा छोरा रुद्रप्रासद अद्वैत सत्सङ्गी हुनुहुन्छ भने माइला छोरा स्वामी दुर्गादास शब्द चिन्तन दर्शनका प्रधान संरक्षक हुनुहुन्छ । स्व. कमलानन्द सरस्वतीलाई केही वर्ष यता मधुमेहको रोगले गालेको थियो ।


सञ्चारक्षेत्रको तर्फबाट गुरु त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती जी महाराजको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली .... ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...