रुकुम–प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ ।

Kamla Roka won Rukum

माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् । 


रुकुमबाट यसअघि माओवादीका तर्फबाट समानुपातिक सभासद् रहेकी कमला रोका माओवादी राज्य समिति सदस्य हुन् । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन् । 

जनयुद्ध शुरु भएलगतै कक्षा १० को पढाई छोडेर उनी भूमिगत भएकी थिइन् ।  २०५३ सालमा माओवादीको जिल्ला समिति सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भएकी थिइन् । उनका पति समेत रहेका गणेशमान पुन माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री समेत हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर