Hidden
बहुलाहा कुकुरले टोकेको गाईको दूध खाने १० जना अस्पताल भर्ना
कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।
स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए ।
गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताए ।
गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु केही मंगलबार उपचारका लागि अस्पताल पुगेका थिए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...