हेटौंडा - नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा जागरण अभियान हुने भएको छ ।

kantipathnews Nepalese Congress Hetounda

कांग्रेस हेटौंडा नगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आइतबारबाट वडा नम्बर १२ बाट जागरण अभियान सुरु गर्ने जानकारी दिएको छ । सरकारको गतिविधिबारे जनतालाई जानकारी गराउने उद्देश्यले जागरण अभियान सञ्चालन गरिउको कांग्रेस नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए ।


७७ जिल्लाबाटै एकैसाथ सुरु भएको जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । वैशाख २५ गतेबाट जेठ २५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा सञ्चालन हुनेछ । यस्तै कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते बीपी जयन्तिको अवसर पारेर सुभारम्भ गर्ने भएको छ ।

असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत सञ्चलन हुने अभियान अन्तर्गतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सुरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।(हेटाैडाबाट : सुजन ढकाल)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर