1478958692 banner ad format

 
 

काठमाडौँ -त्रिभुवन विश्वविद्यालयले एक महिनाअघि काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन बुधबार खारेज गरेको छ ।

National Medical College kathmandu

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले नेसनल मेडिकल खलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । परिषद्ले गठन गरेको ३ सदस्यीय पूर्वाधार निरीक्षण समितिको प्रतिवेदनको आधारमा सम्बन्धन खारेज गरिएको त्रिविका रेक्टर सुधा त्रिपाठीले बताइन् । 'स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना सञ्चालन भएको र छानबिन समितिको प्रतिवेदनको आधारमा सम्बन्धन खारेज गरिएको हो' रेक्टर त्रिपाठीले भनिन् ।

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दबाब दिँदै आएका थिए । 

 

प्रकासित मिति

Loading...

 

yummyfood