1478958692 banner ad format

 
 

कलैया । हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् । 

Kayaiya missing boy found dead
शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवतmा भुनेश्वर साहले जानकारी दिए । 

घटना रहस्यमय भएको हँुदा अनुसन्धान भइरहेको साहले बताउनुभयो । हत्या हो कि आफै पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ । शव कलैया अस्पतालमा राखिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood