grahan kantipath(फाइफाेटाे)

चन्द्रमालाई मंगलवार बिहान १२ बजेर २८ मिनेट देखि विरल छायाँले ढाक्न शुरु गर्छ भने राती १ वजेर ४६ मिनेट देखि सघन छायाँले ढाक्नेछ ।

यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेट देखि विरल छायाँले ढाक्न छोड्नेछ। सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्को भनाई छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ।

आज दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ।

१२ जुलाई १८७० यानी आजभन्दा करिब १४९ बर्ष पहिले गुरु पुर्णिमा कै दिन चन्द्र ग्रहण लागेको थियो। उक्त समयमा पनि केतु, शनि र चन्द्र धनु राशिमा स्थित रहेको थियो। र सुर्य राहुको साथमा मिथुन राशिमा रहेको थियो।

यस पटकको चन्द्र ग्रहण नेपाल लगायत भारत , अस्ट्रेलिया , यशिया , युरोप तथा दक्षिण अमेरिकामा देखिदै छ।


चन्द्र ग्रहण सकिएपछि घरमा शुद्ध गंगाजल छर्कने, ग्रहण पश्चात नुवाई धुवाई गरि शुद्ध भै भगवानको पुजा आराधना गर्ने,ग्रहणको अवधिमा गर्भवती महिला सकेसम्म घरबाट बाहिर निस्कनु हुदैन। यदि निस्कने पर्ने बाध्यता भए गर्भको बच्चाको रक्षाको लागि चन्दन र तुलसीको पातको लेप लगाएर निस्कनु पर्दछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर