1478958692 banner ad format

 
 

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा बिहीबार श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

 

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेकाअनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।

‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेलापर्‍यो’–प्रहरी निरीक्षक घिमिरेले भने ।

विवाद हुँदा लालुमायाले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood