1478958692 banner ad format

 
 

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दीपुरमा आज दिउँसो पानीसँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

District News killed by lightning with rain SINDHULI

घरमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण १३ वर्षीया सुन्तली थापामगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । 

चट्याङबाट स्थानीय प्रमिला थापामगर र आदित्यमाया तामाङ घाइते भएकी हुन् । घाइतेको अहिले स्थानीयस्तरमा नै उपचार भइरहेको छ । घटनास्थल महाभारतको विकट स्थानमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली पठाइएको छ । सदरमुकामबाट छ घन्टापछि मात्र घटनास्थलमा प्रहरी पुग्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । 

यस्तै, सिन्धुलीमा शुक्रबार पानीसँगै परेको चट्याङबाट फिकल गाउँपालिका–१ महादेवडाँडामा पानीसँगै परेको चट्याङले चारजना घाइते भएका छन् । स्थानीयबासी मिनबहादुर सुनुवारको घरमा परेको चट्याङबाट ३० वर्षीया मीना सुनुवार, १० वर्षीया भूमिका सुनुवार, ४० वर्षीय भैरव सुनुवार र ३५ वर्षीया जितमाया सुनुवार घाइते भएको बताइएको छ । 

उनिहरुको अझै स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयबासी रामजी खत्रीले जानकारी दिए । चट्याङका कारण मीनबहादुर सुनुवारको घर गोठ जलेर नष्ट भएको छ । घरगोठ जलेर नष्ट हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको खत्रीले जानकारी दिए। 

चट्याङका कारण घरमा जडान गरिएको सोलार, टिभी, अन्नपात भाँडाकुँडालगायतका सरसामान जलेर नष्ट भएको छ । 

सिन्धुलीका विभिन्न स्थानमा केही दिनदेखि चट्याङका कारण धनजनको क्षति भइरहेको छ । आज धेरै स्थानमा चट्याङ परेको भए तापनि अन्य स्थानमा भएको क्षतिका बारेमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood