दाङ – चर्चित गायिका कोमल वली औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

Komal

दाङमा सोमबार आयोजित कार्यक्रममा वली एमाले प्रवेश गरेकी हुन् । यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य थिइन्।

उनलाई एमाले उपाध्यक्ष बामदेव गौतम र नेता शंकर पोखरेलले टीका लगाइदिँदै पार्टीमा स्वागत गरे।

वलीले एमालेका राष्ट्रवादी विचार र नेताहरुको राजनीतिक संस्कारले आफूलाई लोभ्याएको बताइन् । ‘म कुनै लोभले होइन । एमालेसँग आबद्ध भएर देश र जनताका पक्षमा लड्न आएकी हुँ’, उनले भनिन्।

एमाले स्रोतका अनुसार, वलीलाई दिइने जिम्मेवारीको टुंगो लागिसकेको छ । आगामी निर्वाचनमा प्रदेश सभामा उनलाई प्रत्यक्ष वा समानुपातिक सांसदका रुपमा अघि सारिने बताइएको छ।

गायिका वली राप्रपा नेपालमा छँदै प्रदेश सभामा उठ्न प्रचारमा हिँडेकी थिइन् । तर, सरकारमा सहभागी हुने कुराले राप्रपा फुटेपछि वलीले सो पार्टीमा आफ्नो भविष्य देख्न छाडेकी थिइन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर