1478958692 banner ad format

 
 

काठमाडौं – शनिबार र आइतबार सञ्चालन हुने आठौं कोरियन भाषा परीक्षाको तयारी पूरा भएको छ । शुक्रबार २६ वटा परीक्षा केन्द्रको निरिक्षण गरिएको शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । 

Korea language test

 परीक्षाका लागि यस पटक काठमाडौंका १७ र ललितपुरका ९ वटा केन्द्र तोकिएको छ । यसअघि पोखरामा पनि परीक्षा केन्द्र तोकिन्थ्यो । दुबै दिन परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

परीक्षार्थीले अनलाइन फारम भर्दा इमेलमा आएको प्रवेशपत्र रंगिन प्रिन्ट र पासपोर्ट लानुपर्नेछ । परीक्षाका लागि ७५ हजार ५ सय ८० जनाले फारम भरेका छन् । १० हजार २ सय जना उतिर्ण हुनेछन् । नतिजा असार १६ गते सार्वजनिक हुनेछ । 

 

प्रकासित मिति

Loading...

 

yummyfood