Hidden
ओलीलाई सोधियो स्पष्टिकरण, ३ दिन भित्र जवाफ नदिए कारबाही
नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा कारबाही प्रक्रिया अघि बढाएकाे छ। पार्टी विधानविपरित काम गरेको हुँदा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र नेताहरुले सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएका छन्।
नेकपा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो पत्र बुझाएका हुन्। माघ २ गते बसेको स्थायी कमिटीको निर्णयअनुसार दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटार बुझाइएको पाण्डेले भने।
‘तीन दिने म्यादसहितको सो स्पष्टीकरण पत्र एक पृष्ठको छ, जसमा दुवै अध्यक्षको हस्ताक्षर रहेको छ र त्यसमा पार्टी विधानको सम्बन्धित प्रावधान उल्लेख गरेर तपाईलाई पार्टी सदस्यबाट कारबाही किन नगर्ने भन्ने व्यहोराको पत्र बुझाइएको छ,’ उनले भने।
प्रकासित मिति