1478958692 banner ad format

 
 

सुरुङ्गा, झापा - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गरे । 

kp oli

आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उनले यस्तो दाबी गरे वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गरे । 

जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उनको भनाइ थियो । 


प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि गरे । 

विकास निर्माणले गति लेओस् – प्रचण्ड 

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बलियो र स्थिर सरकार बन्न नसक्दा राष्ट्र र जनताका पक्षमा काम गर्न नसकिएको बताए । 

उहाँले वाम गठबन्धनमार्फत राष्ट्रमा एउटा बलियो स्थिर सरकार बनोस् र त्यस्तो सरकारसँगै विकास निर्माणले गति लेयोस् भने । 

उनले भने -म हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।” 

प्रकासित मिति

Loading...

 

yummyfood