Hidden
ओली नेकपाको साधारण सदस्यबाट पनि निस्काशित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको स्थायी कमिटि सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको उनले बताइन । माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...