kp oli prachanda

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । एक साता अघि एपेन्डिसाइटिस्का शल्यक्रिया गरेका प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरको आईसीयूमा भर्ना भएर स्वास्थ्य उपचार गराइरहेका छन् । अस्पतालमै रहेर उपचार गराइरहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच आइतबार मध्यराति गोप्य वार्ता भएको हो । आइतबार मध्यराति प्रचण्ड अस्पताल पुगेर ओलीलाई भेटेका हुन् । उनीहरुबीच भएको गोप्य वार्ताको विषय के थिया भनेबारेमा खुलिसकेको छैन ।

प्रचण्ड कालापानी जाँदै : भारतीय मिडिया तरंगित !

गोप्य भेटवार्तामा उपनिर्वाचनको परिणाम, सरकार संचालन र पार्टीका केहि विषयमा छलफल भएको बताइए पनि धेरैले यसलाई विश्वास गरेका छैनन् । उक्त विषयमा छलफल गर्न मध्यराति प्रचण्ड अस्पताल पुगेर ओलीलाई भेट्न जानु नपर्ने भन्दै नेकपाभित्रै तरंग सृजना गरेको छ । नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेका बेला बिरामी भएका प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका प्रचण्डले ओलीलाई मुलुकको पछिल्लो राजनीतिक अवस्था, सीमा समस्याले निम्त्याएको भारतसँगको सम्बन्धबाट सृजित अवस्था, उपनिर्वाचनको परिणामलगायतका विषयमा जानकारी पनि गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी साता गर्ने भनेको चीन भ्रमण तत्काललाई स्थगित गरेका छन् । यसअघि नेकपाका झण्डै ५ दर्जन नेतासहित प्रचण्ड चीन भ्रमणमा जाने कुरा सार्वजनिक भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्न पुगेका हुन् । ‘प्रधानमन्त्री तथा अर्का अध्यक्ष अस्वस्थ भएर अस्पतालमै भएका बेला छोडेर हिड्नु राम्रो हुदैन भन्ने प्रचण्डको बुझाइ छ । त्यसैले समय परिवर्तन हुनसक्छ । पहिला सार्वजनिक भएको तालिकामा त लगभग नजाने जस्तै छ’ प्रचण्ड निकट स्रोतको भनाइ छ ।

विगत साता दिनदेखि प्रधानमन्त्री ओली एपेण्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमा उपचाररत छन् । ओलीलाई अझै एक साता अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार त्रिविस्थित मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर आफ्नो चीन भ्रमण र पार्टी एकताका बारेमा छलफल समेत गरेका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...