1478958692 banner ad format

 
 

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर ५६ जना पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

kp oli presents nomination

मंगलबार चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको संख्या थपेको बताए ।

‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’ ओलीले भने ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी उनले गरे ।

चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उनले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाए ।

चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गरेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood