KP Oli Tour of france

काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । साताव्यापी युरोप भ्रमणको लागि प्रधानमन्त्री ओली जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणपछि ओली कतार एयरवेजको विमानबाट अहिले बिहान काठमाडौं एयरपोर्टमा आइपुग्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

यस्तै बेलायत भ्रमणका क्रममा त्यहाँकी प्रधानमन्त्री टेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग पनि ओलीले भेटघाट गरेका थिए ।

बेलायतपछि फ्रान्स पुगेका ओलीले त्यहाँको विकास अवलोकन गर्नुका साथै आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत सहभागी छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...