काठमाडौँ - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्यले आज आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् । 

Krishna Bahadur Mahra

समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौँ बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराए । 

उनिहरुले समूहको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराए । बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार तथा चासोका विषय स्पष्टसँग राखेको बताए । 

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रबुद्ध समूहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने “दुई देशबीचको सम्बन्ध सौहार्द हुनुपर्छ, त्यसका लागि खुला दिलले छलफल गर्नुहोला र सही निष्कर्ष निकाल्नु होला ।” 

काठमाडौँमा सम्पन्न पाँचाँै बैठकबारे जानकारी गराउँदै समूहका नेपाल संयोजक थापाले नेपाल–भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताए । 

त्यस्तै, समूहका भारततर्फका संयोजक कोश्यारीले काठमाडौँमा सम्पन्न दुईदिने बैठकमा नेपाल–भारत सबन्धका विविध विषयमा राम्रो छलफल भएको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...