annapurna add

 

krishna bahadur mahara kantipath

बलात्कार प्रयासको आरोप लगाउने संसद सचिवालयकी महिला कर्मचारीको कोठामा आफू नगएको निवर्तमान सभामुख ले बयान दिएका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार बिहान ११ बजेदेखि साँझ पौने ६ बजेसम्म चलेको बयानमा महराले ती महिलाको कोठामा नगएको बताए ।

सीसी क्यामेरा फुटेजमा ती महिलाको कोठा छेऊमा सभामुखको गाडी देखिएको भन्ने प्रश्नमा महराले तीनकुने क्षेत्रमा गएको तर, ती महिलाको कोठामा नभएको बयान दिए ।

प्रहरीले आइतबार थपिएको पाँच दिनको म्यादभित्र अनुसन्धान सक्ने तयारी गरेको छ । “धेरै अनुसन्धान सकिएको छ । दुई दिनमा सकिने अनुमान गरिएको बयान एकै दिनमा सकियो”, स्रोतले भन्यो ।

महराको तर्फबाट मुद्दा हेरिरहेका वकिलले भने आजभोलि नै सरकारी वकिलले मुद्दा दर्ता गर्ने संभावना रहेको बताए । १७ असोजमा ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएको जाहेरी दिए पछि १९ असोजमा महरा पक्राउ परेका थिए ।

१२ असोज राति ती महिलाले बलात्कार प्रयासको आरोप लगाए पछि १४ असोजमै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

Source: Himalkhabar

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...