1478958692 banner ad format

 
 

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, उपत्यका विशेष ब्युरोद्वारा १५ औं सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा महान् कृष्ण सेन ‘इच्छुक’ को स्मृति तथा सम्मानमा भव्य कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।

Krishna Sen min

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले विशेष सम्बोधन गर्दै महान् सांस्कृतिक सहिद कृष्ण सेनको स्मरण गरे ।

 Krishna Sen2

सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सहित करिब २ दर्जन कविहरूले आ–आफ्ना रचनावाचन गरेका थिए । सो अवसरमा कवि अशोक सुवेदीले इच्छुकद्वारा रचित ‘त्यो प्यारो प्यारो पहाडी गाउँको नाम थबाङ हो’ कवितावाचन गरेका थिए ।

विगत साढे तीन दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको हरेक परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनहरू चाहे प्रजातन्त्रको स्थापनाका लागि होस्, चाहे लोकतान्त्रिक गणतन्त्र स्थापना लागि होस्, नेपाली जनताको हरेक न्यायपूर्ण आन्दोलनमा यसले खेलेको भूमिका उल्लेखनीय रहेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पुरयाउन नेपाली धर्तीमा जुझारु भूमिका मात्रै होइन, महान् बलिदानको कोटा पनि चुक्ता गरेको छ । यसको शिखरमा हुनुहुन्छ– कृष्ण सेन ‘इच्छुक’ । उनै इच्छुकको सम्मानमा सांस्कृतिक बलिदान दिवस पारेर विशेष कविगोष्ठी गरिएको हो ।

कविगोष्ठी अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सचवि एवम उपत्यका विशेष ब्युरोका संयोजक कुशल बोगटीको अध्यक्षता र केन्द्रीय सदस्य तथा चर्चित युवा कवि मुक्तान थेवाको उद्घोषणमा सम्पन्न भएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood