tealaya add

sexxxgirls ktm

काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंले  दरबारमार्ग र ठमेलबाट २५० बढी युवा युवती पक्राउ गरेको छ। पक्राउ परेका अधिकांस यौनजन्य क्रियाकलाप तथा लागु औषध प्रयोगकर्ता तथा कारोबारी छन्।

पर्यटकीय स्थल ठमेल र दरवारमार्गमा अश्लिल तथा यौनजन्य क्रियाकलाप बढेपछि प्रहरीले 'स्विप अप्रेसन’ सुरु गरेको थियो। महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले दिएको जानकारी अनुसार दरवारमार्गबाट ३५ जना युवायुवती पक्राउ परेका छन् जसमध्ये २९ जना पुरुष ५ जना महिला र एक जना तेस्रो लिङ्गी छन्।

 
त्यस्तै ठमेल तथा सोह्रखुट्टे एरियाबाट १७५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ११८ जना युवक ५६ जना युवती तथा एक जना तेस्रो लिङ्गी छन्।
 
पक्राउ पर्ने अधिकांस १६ वर्ष मूनिका युवायुवती छन्। पक्राउ परेका केही यौनजन्य क्रियाकलाप गराउने व्यापारी समेत छन्। उनीहरुलाई परिसरले वुधबार राती पक्राउ गरेको हो।

एसपी अशोक सिंहले दिएको जानकारी अनुसार राजधानीमा हुने अमर्यादित  र अश्लिल क्रियाकलप रोक्न स्वीप अपरेसन सुरु गरिएको हो । पक्राउ परेका युवा युवतीमाथि  विगतको रेकर्ड समेत हेरी अनुसन्धान तथा मुद्दा दर्ता गर्ने तयारी भैरहेको एसपी सिंहले बताए।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...