annapurna add

LGQOnB8QqBrIFeJyHcfn

काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । आझै उपत्यकाका सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुको समेत छलफल भएको थियो ।

विकल्पहिन लकडाउन उल्लघनको आह्वान गर्दा सरकारको नीति विपरित पसल खोल्न व्यवसायीको दबाबमा गलेका दाहालले एउटा प्रश्नको जवाफ दिनुपर्छ भैपरी आउने परिणाम प्रति को उत्तरदायी हुने?

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो ।

बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला लकडाउन खुकुलो बनाउन तयार भएका हुन् ।

संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि एक अधिकारीले बताए ।

सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गरिने भक्तपुरकी सिडिओ हुमकला पाण्डेको बताइन् । उनले भनिन्, ‘सरकारको निर्देशनअनुसार नै लकडाउनलाई पालना गरिन्छ ।’

बैठकले गरेको निर्णय उच्चस्तरीय समितिमा पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जिम्मा दिइएको छ । ‘हामी छलफलमै छौं । लकडाउनका सन्दर्भमा पीएमसीले निर्णय गर्ने कुरा होइन । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले नै निर्णय गर्छ । अहिलेको अवस्थामा लकडाउनको पालना हुनुपर्छ,’ पाण्डेले भनिन् ।

चैत ११ गतेदेखि गरिएको लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसल खोलेर सञ्चालन गरेका थिए । त्यसपछि प्रशासनमाथि दवाव बढेको थियो ।

बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारहरु समेत सहभागी रहेको बताइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...