1478958692 banner ad format

 
 

हेटौँडा, भदौ् १५ । मकवानपुरको पूर्वी भेगस्थित बकैया गाउँपालिकाको कार्यालय स्थापनाको लागि स्थानीय शेरमान गोलेले १ करोड ८ लाख मूल्य बराबरको अाफ्नाे १२ कठ्ठा जग्गा हस्तान्तरण गरेका छन् ।

बकैया गाउँपालिका–३ का स्थानीयबासी गोलेले बिहीबार आफ्नो नाममा रहेको जग्गा हात्तीसँुडेस्थित ३ नम्बर वडा कार्यालयमा राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । उनले १ करोड ८ लाख मूल्य बराबरको सो जग्गा गाउँपालिका कार्यालय निर्माणका लागि सहयोग गरे ।

localnews kantipath.com bakaya min
गोलेले हात्तीसँुडे स्थित घ्याम्पेमा अवस्थित कित्ता नम्बर ९७२ को जग्गा हस्तान्तरण गरेपछि बोल्दै गाउँपालिका कार्यालय निर्माणमा सबैजना जुट्न आग्रह गरे । गोलेले आफ्नो नाममा रहेको जग्गा कागजमा सही गरी हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका कार्यालय निर्माणका लागि १५ लाख रुपैया आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यका साथ बिहीबार नै स्थानीय महेश लोको संयोजकत्वमा आर्थिक संकलन समितिसमेत गठन गरिएको छ ।

 

 

प्रकासित मिति

Loading...

 

yummyfood