annapurna add

mugling narayanghad sadak jam bkt1m1VrPJ

वर्षाले राजधानी आवात जावत गर्ने प्रमुख तीन राजमार्ग अवरुद्ध भएका छन्। बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भएका हुन्।

पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ। ‘पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि सकेको छैन,’ डिआइजी लामाले भने।

यस्तै बीपी राजमार्ग पनि शुक्रबार बिहानैदेखि अवरुद्ध छ। सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...