1478958692 banner ad format

 
 

नुवाकोट । तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । 

accident min

लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दरादेवीका राजकुमार तामाङ, शिखरबेँसीका ई क्षीतिज पण्डित रहेका छन् । 


यस्तै, पोष्ट निर्माण गर्न जाजरकोटबाट आएका अनन्त विश्वकर्मा, इन्द्रबहादुर सुनार, डम्बरबहादुर सुनार, धनबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, कृष्ण सुनार र मानबहादुर सुनार रहेका छन् । घाइते मध्ये गाडी चालक तामाङ, पण्डित र जाजरकोटका डम्बरबहादुर र मानबहादुरको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। 


सैनिक पोष्ट बनाउन निर्माण सामाग्रि सहित १७ जना चढेर यात्रा गरिरहेको मिनीट्रक ब्रेकफेल भएर राती आठ बजे दुर्घटना भएको सहचालक प्रेम तामाङले बताए । दुर्घटनामा परेकालाई नेपाली सेनाले उद्धार गरी तीन घण्टा बोकेर सातबिसेसम्म ल्याएपछि मात्र एम्बुलेन्स मार्फत आज बिहान २ बजे उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । रातको समय र पानी परिरहेकाले दुर्घटना स्थलसम्म अन्य सवारी जान नसक्दा उद्धारमा कठिनाई र ढिलाई भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood