annapurna add

lil bahadur thapa 1231611469254

लीलबहादुर थापा पूर्वजनमुक्ति सेनाको नेतृत्व गरेर १० माघको मध्याह्नतिर बालुवाटार छिर्दा धेरैलाई लागेको थियो– उनको लिगेसी जनमुक्ति सेनासँग छ । थापा माओवादी शान्ति प्रक्रियामा आएपछि भित्रिएका हुन् । २०७० को निर्वाचनमा माओवादीको टिकटमा बाग्लुङबाट चुनाव लडेका थापाले करिब ८ हजार मतमात्रै ल्याएका थिए ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा राजनीतिक गरेका थापा २०६५ पछि मात्रै माओवादीमा प्रवेश गरेका हुन् । जनयुद्धसँग सम्बन्ध नभएका थापाले जनयुद्धमा सहभागी नभएका अर्का लेनिन विष्टलाई लिएर नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । विष्टले आफुहरु ओली समूहमा नगएको तर जनमुक्ति सेनाको हितका छलफल गर्न बालुवाटार गएको भन्दै विज्ञप्ति नै निकालेका छन् ।

एकताकेन्द्र मसालको राजनीतिमा सक्रिय थापा रामसिंह श्रीषको नेकपा एकीकृतमा सदस्य थिए । त्यहीँबाट तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थापा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव हुने दौडमा थिए । तर त्यहाँको नियुक्ति ओली निकट रमेश सिलवालले पाएका थिए ।

उनी नेकपा विभाजन भएपछि प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुन कार्की पार्टी प्यालेसमा पुगेका थिए । एकतापछि थापालाई खेलकुद विभागको सहइञ्चार्ज बनाउने भनिएको थियो । योगेश भट्टराईलाई इञ्चार्ज र थापालाई सहइञ्चार्ज बनाउने तयारी भइरहेको थियो । भट्टराई पर्यटनमन्त्री बनेर उनको विभाग पर्यटनतिर परेपछि थापा आफ्नो विभागबारे अन्यौलमै थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...