1478958692 banner ad format

 
 

काठमाडौँ। दोश्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । 

local election security operations
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए। 

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको पनि उनले बताए । 

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदान स्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटाइनेछ । 

नेत्रविक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनरत राष्ट्रिय जनता पार्टीको गतिविधिलाई सुरक्षा निकायले उच्च निगरानीमा राखेका छन् । कुनै घटना भइहाले तत्काल सुरक्षा निकाय पुग्ने गरी व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए । 

दोश्रो चरणअन्तर्गतको यो निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । 

यसअघि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा नेपाली जनताको ठुलो उत्साह देखिएको र निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पुरा भएको जानकारी दिए । उनले निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न सबैसँग आग्रह गरे |

प्रकासित मिति

Loading...

 

yummyfood