kailash
हेटौंडा, मङ्गलबार मकवानपुरको सबै स्थानीय तहको गाउँ/नगर सभा हुँदा कैलाश गाउँपालिकाले भने सभाको आयोजना गर्न सकेन । नियमित मासिक बैठक तथा कार्यपालिका बैठक नै वडा अध्यक्षहरुले बहिष्कार गरेपछी कैलाशले बजेट ल्याउन नसकेको हो ।

"सबै स्थानीय तहको सभा भयो । तर हाम्रो हुन सकेन वडा अध्यक्ष भन्न पनि लाजमर्नु भएको छ", एक वडा अध्यक्षले भने, "न त भनेको समयमा बैठक हुन्छ, न एजेन्डा थाहा हुन्छ न त समयमा गाउँ सभा नै हुन्छ, सायद यहि होला सिहदरबारको अधिकार भनेको ।" तोकिएको समयमा बैठक सुरु नगरेको र एजेन्डाको बिषयमा समेत जानकारी नदिएको भन्दै वडा अध्यक्षहरुले ६ गतेको बैठक बहिष्कार गरेका थिए ।

त्यसपश्चात गाउँपालिका अध्यक्ष टन्क मोक्तानले बैठक ढक्न सकेका छैनन् । अरु गाउँपालिकाले सभा मार्फत बजेट र कार्यक्रम सार्वजनिक गरिरहदा कैलाशका वडा अध्यक्षहरु भने हेटौंडातिरै रल्लिरहेका थिए । गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै राख्न नसकेकोले बजेट ल्याउन नसकेको वडा अध्यक्षहरुको दावी छ ।

गाउँ सभाको बिषयमा कुनै सल्लाह नै नगरेको ती वडा अध्यक्षले गुनासो गरे । ूगाउँपालिका अध्यक्ष हुकुमी शासनले एकलौटी ढङ्गले अघि बढेकोले समस्या भएको होू, उनले भने, ूयहि पाराले विकास र समृद्धि कसरी आउने हो थाहा छैन ।

यता गाउँपालिका अध्यक्ष टन्क मोक्तानले भने वडा अध्यक्षहरुलाई नै दोष थोपार्दै आएका छन् । राजश्व परामर्श समितिको बैठकमा वडा अध्यक्षहरुले राजश्वको बिषयमा तथ्यांक नलेराएकोले समस्या भएको बताउदै आएका छन् । गाउँसभाको बिषयमा उनी सङ्ग प्रतिकृया लिन खोज्दा सम्पर्क भएन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर