1478958692 banner ad format

 
 

बेनी (म्याग्दी) । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् । 

Local level election candidate NC min

बेनी नगरपालिकामा काँग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरे  । 

काँग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बनाएका छन  । “यी सबै गर्नका लागि मेयरमा उठेको हुँ, सरकारी सुविधा प्रयोग गर्नलाई होइन” उनले भने । नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ प्रमुखका प्रत्यासी बनेका हुन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत छन् । 

यस्तै, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार क्या पुनले भने प्रमुख पदका लागि कस्तो र कति सरकारी सुविधा निर्धारण गरेको छ, मलाई थाहा छैन । तर, जे–जति पाउँछु त्यो सबै वृद्धवृद्धाको सुविधामा खर्च गर्नेछु ।” 

अन्नपूर्णमा एमालेका तर्फबाट नारायण पुन र माओवादी केन्द्रका कुलवीर राम्जाली चुनावी मैदानमा छन् गाउँपालिकाको अध्यक्षमा काँग्रेसका प्रत्यासी भवबहादुर भण्डारीले पनि मतदातामाझ प्रमुखमा जिताए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन । 

प्रकासित मिति

Loading...

 

yummyfood