tealaya add

road bajhang kantipath

बझाङ :  छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण कार्यमा ढिलाई हुदै आएको छ ।

सेती लोकमार्ग अन्र्तगत उत्तर खण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निमार्णका लागि दुईवटा कम्पनीले काम गरिरहेकोे भए पनि निमार्ण कार्यले गति लिन सकेको छैन ।

सडक निमार्णका लागी दुई खण्डमा काम भईरहेको छ । बझाङ सदरमुकाम चैनपुर देखि तल्कोट गाउँपालीकाको रुपातोला सम्म १८ किलो मिटर मा लुम्बिनी र राजेन्द्र निर्माण सेवा र रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक खण्डमा स्वच्छन्द नागार्जुन जेभी कम्पनीले काम गरिरहेको छ ।

दुई खण्डमा निमार्ण कार्य भैरहेको भए पनि सडकको भौतिक प्रगति सन्तोषजनक नभएको चैनपुर ताक्लाकोट सडक आयोजना कार्यालयले जनाएको छ ।

सदरमुकाम चैनपुर देखि रुपातोला सडकलाई चौडा बनाउन २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको भए पनि निमार्ण कम्पनि लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म १२ किलोमिटर मात्र काम सम्पन्न गरेको छ ।

सम्झौताको अवधि सकिन ७ महिना मात्र बाँकी हुँदा ७० प्रतिशतमात्र काम भएको छ । ४ वर्षको अवधिमा भएको यो प्रगति हेर्दा तोकिएको म्यादभित्र काम सम्पन्न हुनेमा शंका रहेको आयोजना कार्यालयका प्रमुख ऐनबहादुर सिंहले बताउनुभयो ।

२२ करोडको लागतमा काम गर्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीले १८ किलोमिटर सडकलाई ठूला सवारी साधनहरू सञ्चालन गर्न मिल्ने गरी साढे सात मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो ।

स्थानीयको पटकपटकको अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका साइट इन्चार्ज योगेश साउदले बताए । पटक पटक स्थानीयको अवरोधले काम रोकिएर ढिला भएजस्तो देखिए पनि तोकिएको अवधिमा काम सक्ने गरी आफूहरू लागिरहेको उनको भनाई छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर