annapurna add

file kantipath

रोल्पा : विद्यार्थीलाई कुटपिट गर्ने रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले सोमवार पक्राउ  छ । विद्यार्थीका अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

शिक्षिका पुनको कुटाईबाट १४ जना विद्यार्थी घाईते भएका थिए । उक्त विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ । शिक्षिका पुनको कुटाईबाट घाइते हुनेमा कक्षा १ मा पढ्ने देखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् ।

घाइते मध्य भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा चोठ लागे पछि तुलसीपुर स्थित सहारा पोलिकिल्निकमा पलाष्टर गरिएको छ ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको हात जोर्नी, अनुहार लगाएतमा समस्या देखीएको छ ।जोर्नीमा दबाब देखिएपनि केहि दिनपछि सुधार आउन सक्ने डाक्टर शर्माले बताउनुभयो ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै विद्यार्थीहरुलाई लाठ्ठी प्रयोग गरी कुटेको घाइते बालिका भिमकुमारी बाँठाले बताउनुभयो। शिक्षिकाको कुटाईबाट घाइते हुने अन्य विद्यार्थीहरुमा कक्षा एकका प्रेम पुन, सहित सन्तोष बुढामगर लगाएतका रहेका छन् ।

शिक्षिकाको कुटपिटबाट घाईते भएका रोल्पाका १४ जना बिद्यार्थीहरु उपचार पछि घर फर्किएका छन् । आईतबार उपचारका लागि तुलसीपुर आएका उनीहरु उपचार पछि सोमबार घर फर्किएका हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर