tealaya add

मनाङ । चामे गाउँपालिकाको अध्यक्षामा नेकपा (एमाले)को लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी भएका छन । 

 निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको अनिता लामाले १७३ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसको मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेको किटनीदेवी गुरुङले १६० मत प्राप्त गरे । 

यस्तै नेच्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)को कान्छा घले ६२७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसको विनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेको मेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी हुनुभयो भने काँग्रेसको छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गरे । 

यसैगरी नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसको चन्द्र घले ५८४ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेको मनबहादुर गुरुङले ४८५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसको कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी हुनुभयो भने नेकपा ९माओवादी केन्द्र०को वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गरे । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...