गुलरिया, बर्दिया -  पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् । 

accident hetauda min

मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नंको बस मंगलबार राति अचानक आफैँ पल्ँिटदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । घाईतेमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी काार्यलयले जनाएको छ । 

बस चालकलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर