annapurna add

120191516 954589731702189 5413193797143472676 n

रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा मेयर र कार्याकारी प्रमुख व्यापक भ्रष्टाचार गर्नमा व्यस्त रहेकोे देखिन्छ । असारे बजेट विकास कार्यक्रम गरि सबै वार्डमा कमर सियल समाग्री प्रयोग गरि विभिन्न शिर्षकको रकम बाट २०% ३० प्रतिशत कमिसन लिएर काम गरेको देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा भएको विकास र यहाँ भएको विकासमा आकाश पतालको फरक छ ।

माधव नारायण नगरपालिकाको कार्याकारी प्रमुखलाई तत्काल निलम्बन गरि छानबिन समिति बनाई कानुनी दयारामा ल्याउनु पर्छ । माधव नारायण नगरपालिकामा कोभीड- १९ को करोना भाईरसमा नाममा स्वास्थ समाग्री र रासन खरिद गर्दा दोब्बर मुल्य राखी खरिद गरि विभिन्न कम्पनी ठेक्का गर्न चर्को रकम असुल गरेको देखिन्छ ।

यहाँ कयौं यस्ता गोप्य शिर्षकहरु कार्यक्रमहरु हिनामिना गरेको भ्रष्टाचारहरु छन । यहाँको स्थानीय जनताहरु मुल्यांकन गरि रहेकोे कांग्रेस युवा नेता गुप्ताले बताउनु भयो । नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएसँगै गर्नु पर्न ईमानदारी साथ कामहरु शुद्ध बचनको समेत खिल्ली उडाएको र जनप्रतिनिधिको पहिलो कर्तव्य नै स्थानीय निकायमा आधुनिक विकास गर्नु नै हो ।

जनताले दिएको आफ्नो अमुल्य मतको दुरुपयोग गर्दै अनियमितताको कालो धब्बालाई चिर्नु सता हिनामिना गर्न तिर लागि गोरख धन्दामा लागि परेको छ । लोकतान्त्रमा आफ्नो जिम्मेवारीलाई समेत ख्याल नगरी नगरपालिकाको केही कर्मचारी गैर जिम्मेवारी भैई ईमानदारी पूरा गरि रहेकोे देखिदैन यहाँको कार्याकारी प्रमुखले जनप्रतिनिधि संग सेटिग भएर स्थानीय निकायमा हुने गरेको भ्रष्टाचारमा शृंखला बद ढंगले प्रत्यक्ष मिलोमतो हुने गरेको छ ।

हिजो एक राजनीतिक दलबाट उम्मेदवार भएता पनि आज सबैका साझा जनप्रतिनिधि भएकाले राजनीतिक नेतृत्व इमानदार, निष्पक्ष र पारदर्शी छ भनेर प्रमाणित गरेर देखाईका रहेकोे छैन ।
स्थानीय वासीको अपेक्षाविपरित आफ्नो अधिकृतले उठाउने उदेश्यले आफ्नो खल्ती भर्न थाले देखिन्छ । यति सम्बन्धि निकायले छानबिन गरि कानुन बमोजिम कार्वाही गरे त्यसको मूल्य चुकाउनु पर्नेछ ।

स्थानीय तहको कामकारबाहीलाई सम्बन्धित निकायले छानबिन समिती बनाई जो कोहिलाई पनि सत्यतथ्यको अधारमा कानुन बमोजिम अदालतमा मुद्दा चलायो भने परिवर्तनको सुरुवाती चरण हुन्छ कि ।

अहिले असारे बजेटको कार्यक्रम गरि नेताकार्यकर्तालाई पाल्ने उदेश्यले नगर प्रमुख मेयर विरोन्द्र यादब र कार्याकारी नि. प्रमुख प्रलभ कायस्थ अन्य जनप्रतिनिधिहरुको व्यापक मिलिजुली विभिन्न शिर्षक अनुदान सकाउने, विकास बजेट हिनामिना तथा अपचलन गर्ने, फ्रिज गर्नुपर्ने रकमसमेत फ्रिज नगरी अन्य खातामा लुकाउने, आपसी भागबन्डामा रकम वितरण गर्ने, कमसल तथा न्युन काममा पनि भुक्तानी गर्ने, योजनाको नाममा शिक्षक तथा अन्यलाई पारिश्रमिक वितरण गर्ने, नक्कली योजनामा भुक्तानी लेख्ने, लक्षित बजेट अन्यत्र खर्च गर्ने, अनुत्पादक खर्च गर्ने, जथाभावी र अनियमित तवरले कर्मचारीका भर्ना, संकलन भएको राजस्व राज्यकोषमा जम्मा नहुने, लामो समयसम्म राजस्व दाखिला नहुने, राजस्व संकलन गर्ने रसिद कीर्ते हुने, राजस्व संकलन गरिएका रसिद बीचमै हराउने, गायव हुने जस्ता कार्यहरुको कागजहरु अख्तियार दुरुपयोग र अनुसधान आयोगले निगरानीमा लिई छानबिन गरि सत्यतथ्य बाहिर ल्यान आवश्यक रहेकोे गुप्ताले बताएका छन् । स्थानीय निकाय माधव नारायण नगरपालिकामा भ्रष्टाचारका सम्भावित क्षेत्रहरूको रूपमा हेरिएको छ ।

फोरम पार्टी निर्वाचित प्रतिनिधिले लोकतन्त्रलाई जरैबाट मजबुत बनाई नगरी कमाउ धन्दा लागेको देखिन्छ र स्थानीय वासीहरु राजनीतिज्ञप्रति भरोसा बढाउन भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नु आवश्यक छ । यसका लागि स्थानीय कर्मचारी तन्त्रलाई नियन्त्रण र सन्तुलन प्रणाली मजबुत बनाउने हुनुपर्छ । अख्तियारमा कयौं उजुरीहरु परेका छन भ्रष्टाचारजन्य कसुरलाई कडा कारबाहीको प्रक्रियामा लाने कहिले होला ? विकास आयोजना र तर्जुमा, कार्यान्वयन, अनुगमन तथा दिगोपनामा स्थानीय वासीहरुको सहभागिता सुनिश्चित गर्ने, आय–व्ययको जानकारी सार्वजनिक गरी सरोकारवालासम्म पुर्याउने, लेखा अधिकृतले हिसाबकिताब प्रभावकारी बनाउने जस्ता कार्यहरू अवलम्बन गर्नुपर्ने तर देखिदैन सगै मिलिजुली हिनामिना गरि रहेको प्रष्ट बुझिन्छ ।

माधव नारायण नगरपालिकाको कार्याकारीको अन्यत्र समायोजन भैई सक्दा समेत मन्त्रालय भित्रको बिचौउलियालाई पटक लाखौं लाख रकम बुझाई कमाउने उदेश्यले उप सचिवको दरबन्दीमा नगरपालिका स्थापना भए देखि बसिरहेका छ यसले प्रमाणित हुन्छ । निजामती कर्मचारी २ दुई बर्ष भन्दा धेरै कामकाज नराख्ने कानुनी व्यस्ता छ । यसको विरुद्धमा सम्बन्धि मन्त्रालय र अख्तियार दुरुपयोग आयोग कामकारबाही गर्न सबै तहमा स्थानीय वासीहरु सग सहकार्य गरि हस्ताक्षर अभियान चलाई उजुरी हाल्ने तयारी गरि सकेको गुप्ताले प्रष्ट बताउनु भयो । सम्बन्धि निकायको ध्यानाकर्षण होस र कार्वाहीको समेत माग गर्दै नेपाली कांग्रेस रौतहटको चैचित युवा नेता नितिश कुमार गुप्ता संग अनलाइनको कुराकानीमा आफ्नो धारणा राख्नु भएको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...