annapurna add

1559627054kp madhab and prachanda

सत्तारुढ नेकपाको जारी विवाद अन्त्य गर्न भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल सुरु भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच एक्ला–एक्लै छलफल सुरु भएको छ। सोमबार डेढ घण्टा छलफल गरेका दुई अध्यक्षबीच विषयमै प्रवेश गरेर कुराकानी भएको र आजको वार्ता त्यसकै निरन्तरता भएको प्रचण्डको सचिवालयले जनाएको छ।

असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट ओलीको राजीनामा माग भएपछि फुटको संघारमा पुगेको नेकपा विवाद रोक्नको लागि प्रचण्डकै प्रस्तावमा एक्ला–एक्लै वार्ता भएको नेताहरुले बताएका छन्। नेताहरुले दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक हुने र त्यसले सहमतिको खाका बनाउने संभावना रहेको एक नेताले बताए।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्धको मोर्चाबन्दीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई साथमा लिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सहमतिको क्रममा भने नेपाल पक्षलाई सहभागी नगराउने संकेत मिलेको छ ।

विवाद उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा पुगेका बेला नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड पक्षबिच लगातार वार्ता भइरहेका छन् । वार्तामा अहिलेसम्म ठोस सहमति नभए पनि सहमति हुने संकेत भने मिलेको नेताहरुले बताएका छन् । ओली र प्रचण्डबिच पछिल्लो पटक भएको वार्तामा कुरा केही नरम भएको र सहमति हुने संकेत मिलेको दुवै पक्षका नेताहरुले बताएका छन् ।

तर सहमतिको खोजीको प्रयासमा प्रचण्ड पक्षलाई शक्ति संघर्षमा साथ दिएका नेता नेपाल पक्षलाई भने वास्ता गरिएको छैन । ओली विरुद्ध प्रचण्डलाई साथ दिएको नेपाल पक्षलाई विवाद समाधानको विकल्प खोजिँदा भने बेवास्ता गरिन थालिएको हो । नेकपा भित्र यसअघिका विवादमा जस्तै यो पटक पनि दुई अध्यक्षबिचको सहमतिमा कुरा मिलाउने तयारी भएको बताइन्छ ।

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी थिइन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् ।

यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...