1478958692 banner ad format

 
 

काठमाडौं। उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणलाई १० दिनभित्र बिजुलीको बक्यौता रकम उठाउन निर्देशन दिएका छन् ।

bijuli Mahendra Bahadur Shahi

लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनि घाटामा जानु परेको भन्दै तत्काल बक्यौता उठाउन उनले निर्देशन दिएका हुन् ।

‘कुनै पनि संघसंस्था वा सरकारी कार्यालयले तिर्नुपर्ने रकम नतिरे लाइन काटिन्छ,’ शाहीले भने, ‘सिंहदरवार होस् या कुनै गाउँ, बस्यौता नतिर्नेको लाइन काटिन्छ ।’

मन्त्री शाहीले प्राधिकरणलाई पत्रमार्फत १० दिनभित्र सम्पूर्ण वक्यौता उठाइसक्न र त्यसो नगरे कारवाहीको भागिदार हुनुपर्ने निर्देशन दिएका छन् । –नयाँ पत्रिका दैनिकबाट

प्रकासित मिति

Loading...

 

yummyfood