1478958692 banner ad format

 
 

गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । 

mahottari nepal min
जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् । 

गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए । 

बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए । 

बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood