मकवानपुर  -  मकवानपुर प्रहरीले आईतबार अनैतिक कार्य गरे गराएको आरोपमा दुई जनालाई पक्रेको छ ।

ARESTED

 

हेटौंडा–११ थानाभ¥याङस्थित अमोल होटलमा अनैतिक कार्य हुने गरेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुईजनालाई पक्रेको हो । होटलमा चेकिङ गर्ने क्रममा एकजना महिला आपत्तिजनक अवस्थामा फेला पारेको र उनलाई सोधपुछ गर्ने क्रममा अनैतिक कार्य हुने गरेको बुझिएकोले होटल सञ्चालक र महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ परेका होटल सञ्चालकमा हेटौंडा–३ बस्ने सन्तोष चौलागाइँ रहेको प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले पक्राउ गरेको महिलाको नामथर, ठेगाना भने खुलाएको छैन ।

मकवानपुर प्रहरीले यसअघि पनि हेटौंडा–१० बसपार्कस्थित घलान होटलका सञ्चालक, एकजना कामदार र एक महिलालाई पक्राउ गरी नैतिकता विरुद्धको मुद्दा चलाएको थियो ।

पछिल्लो समय मकवानपुरका केही होटलमा महिला राखेर यौनयन्य क्रियाकलाप गराउने गरेको भन्दै गुनासो बढिरहेको छ । मकवानपुर प्रहरीले पनि यस बिषयलाई प्राथमिकता दिएर होटलमा छापा मार्ने कार्यलाई तीव्रता दिएको छ ।

होटल अमोल थानाभ¥याङका सञ्चालक सन्तोष चौलागाइँ र संगै पक्राउ परेका महिलालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अपराध मुद्दामा हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी भट्टराईले जानकारी दिए ।(सुजन ढकाल हेटौडाबाट)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...