1478958692 banner ad format

 
 

मनोज ढकाल (मकवानपुर) । ऐतिहासिक तथा सांस्कतिक धनीका रुपमा परिचित माझी जाती देशका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् । खोला र नदीमा डुङ्गा चलाएर मानिसलाई खोला तारेर सामाजिक सेवामा समर्पित हुँदै जीविकोपार्जन गर्ने माझी जातीको बसोबास मकवानपुरको बकैया गाउँपालिका–४ मा समेत रहेको छ ।

majhi basti pic


पर्यटन विकासको लागि पर्यटककाे गन्तव्यको रुपमासमेत सम्भावना बोकेको बकैया जुरेली आसपासका क्षेत्रलाई समेटेर शनिवार एक कार्यक्रमको आयोजना गरीएकाे छ। उक्त कार्यक्रममा जुरेली माझी नमुना बस्ति बनाउन स्थानीय निकायका प्रतिनिधिहरुले योजना अघि सारेका छन् ।


“माझी जातीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विधाका विभिन्न पाटाहरुलाई अध्ययन र अनुसन्धान गरेर यस क्षेत्रमा पर्यटकीय सम्भावना पनि खोजिने छ” वडा अध्यक्ष राजन दङ्गालले भने, “मकवानपुरको पूर्वी क्षेत्रलाई अब पर्यटकीय गन्तव्य पनि बनाउने छौँ ।” उनले बकैया गाउँपालिकाकाे अलग अलग क्षेत्रहरुमा विशेष विशेषता भएका जातजातीहरुको बसोबास भएको हुनाले त्यसतर्फ पनि विकासका एजेण्डा लिएर अगाडि बढ्ने बताए ।


माझी उत्थान संघ, मकवानपुर जिल्ला समितिले बकैया गाउँपालिकाका जननिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गर्ने क्रममा बक्ताहरुले सो कुरा उल्लेख गरेका हुन् । तामाङ, राई दनुवार, मगर, गुरुङको पनि उल्लेखनीय बसोबास रहेको बकैया गाउँपालिकालाई सांस्कृतिक धनीका रुपमा देशैभरी चिनाउँदै पर्यटन विकासबाट आर्थिक लाभ उठाउने कान्तिपथसंगको कुराकानीमा दाहालले उल्लेख गरे ।

मकवानपुरको बकैया गाउँपालिकामा माझी जातीको जनसङ्ख्या करीब १ हजार ५ सय रहेको छ । संघका अध्यक्ष रुपेश माझीले गाउँपालिकाबाट निकै अपेक्षा गरेको बताए ।

 

प्रकासित मिति

Loading...

 

yummyfood