सुजन ढकाल, हेटाैडा । मकवानपुर प्रहरीले विभिन्न समयमा बरामद गरेको विभिन्न परिमाणको अवैध लागूऔषध जलाएर नष्ट गरेको छ । भीमफेदी गाउँपालिका–१ को किसेडीमा रहेको राकसखोल्सीमा मंगलबार लागूऔषध नष्ट गरेको हो ।

Makwanpur Police

६ सय ७५ किलो ७ सय २१ ग्राम गाँजा, एकसय २२ ट्याब्लेट नाईट्रोभेट, ५४ ट्याब्लेट सिमप्लेक्स र २ बोतल अनरेक्स नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

Makwanpur Police1


लागूऔषध नष्ट गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) मुकेशकुमार सिंह, सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख श्याम कोईराला, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख नविनराज अधिकारी, हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाध्यक्ष सविन न्यौपाने, भीमफेदी गाउँपालिका–१ नम्बर वडा अध्यक्ष श्यामकुमार वलसहित स्थानीय समाजसेवी एवम् पत्रकारको उपस्थितीमा लागूऔषध नष्ट गरिएको हो । यसअघि हेटौंडाको राप्तीखोलामा लागूऔषध नष्ट गर्दै आएको प्रहरीले यसपटक बजारबाट अलि पर लगेर नष्ट गरेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर