tealaya add

हुम्ला - हुम्लाको ताँजाकोट गाउँपालिका ३ र ४ मा लामखुट्टेको टोकाइबाट हुने मलेरिया रोकथाम गर्न कीटनाशक झूल वितरण शुरु गरिएको छ ।

Malaria

आठसय घरधुरीका लागि ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहयोगमा झूल वितरण शुरु गरिएको हो ।

तर गतवर्ष ताँजाकोटका पाँचजना बिरामीमा भाइभेक्स मलेरियाको जीवाणु फेला परेको मैला स्वास्थ्यचौकी प्रमुख धनराज दाहालले बताए । यो वर्ष भने स्वास्थ्यचौकीको पहलमा समयमै सतर्कता अपनाउन थालिएको हो ।

हुम्ला लगायत ११ उच्च हिमाली जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने औलो र मलेरिया नहुने दाबी सरकारको थियो ।

“उच्च हिमाली जिल्लामा औलो र मलेरिया हुँदैन भनेर कुनै सतर्कता अपनाइँदैनथ्यो, सरकारले रेकर्ड पनि केही खोज्दैनथ्यो”, उनले भने, “तर गतवर्ष साउन र भदौमा पाँचजना ताँजाकोट– ३ र ४ मा भेटिएका थिए ।”

उक्त रिपोर्ट गतवर्ष नै आफूले ईमीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको र अहिले समयमै सतर्कताका लागि महाशाखाबाट टोली आएको उनले बताए ।

ताँजाकोट पुगेको महाशाखाको ४ जनाको टोलीले मैला स्वास्थचौकीको समन्वयमा जनचेतना जगाउने र झूल वितरण कार्य गरिरहेको छ ।

 

“स्वास्थचौकीका २० सहित २४ जना स्वाथ्यकर्मीको टोलीले दुई दिनसम्म घरधुरी सर्वेक्षण, उनीहरूको बसाइँको अवस्था लगायतको अध्ययन ग¥यौँ”, ढकालले भने, “आजदेखि जनचेतना जगाउने र झूल वितरण गर्ने काम शुरु भएको छ ।”

झूल वितरण सहित स्थानीयलाई लामखुट्टे रोकथामको उपाय, सरसफाइ र मलेरियाको बारेमा जनचेतना जगाइएको उनले बताए ।
ती वडाका हरेक परिवारलाई २ जना सदस्य बराबर एउटा झूल वितरण गरिएको छ ।

ती ठाउँमा केही वर्षदेखि गर्मी बढेको, जनघनत्व धेरै रहेको र फोहोर पनि हुने गरेकाले मलेरिया लागेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर