tealaya add

man caught with gun in shiraha

सिरहा, महेश सिंह - सिरहाको बिष्णुपुर गाउँपालिका बाट प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरीको टोलिले सिक्सर( रिभल्वर )सहित एक जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका .-४ थलाहाकट्टा बस्ने रामपृत यादबको ३० वर्षीय छोरा कृष्ण यादबलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यादव घरायसी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा पुग्दा लोड नभएको एक सिक्सर (रिभल्वर )फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।

प्रहरीलाई देखेर कृष्ण फरार भएका थिए । प्रहरीले खोज तलास गर्ने क्रममा हाल बसोबास गरी रहेको बिष्णुपुर गा.पा.-५ लक्ष्मीपुरकाे घरबाट यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहराले बताएका छन ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...