1478958692 banner ad format

 
 

सुरुङ्गा (झापा) । बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । 

Man khapper
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । पक्राउ परेका तामाङलाई इप्रका काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood