1478958692 banner ad format

 
 

काठमाडौँ। नेपाली युवाको अन्तर्राष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु गरेको छ । 

Mansura Lahar eye cancer

गत सालदेखि नै कालीकोटको दुर्गम भेगका बासिन्दाको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो । 

कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त समस्याले घाउको रूप लिएर बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहुँदै गएकोे छ । 

मान्मा अस्पतालमा कार्यरत अहेब दीर्घबहादुर नेपालीले उनको उपचार जिल्लामा सम्भव नभएकाले काठमाडौँ अथवा अन्य स्थानमा लानुपर्ने बाध्यता देखापरेको छ । मिसन बेटर नेपालले मनसरालाई काठमाडौँ ल्याउने तयारी गरेको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिए । 

सो रोग रेटिनो ब्लास्टोमा अल्सरेटिभ ट्युमर भनिने क्यान्सरजस्तो रोग भएको त्रिपुरेश्वर आँखा अस्पतालका नेत्र चिकित्सकले जनाएका छन् । चिकित्सकले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मनसरालाई भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले भर्नाका लागि पहल गरिरहेको संयोजक रवीन खतिवडाले जानकारी दिए । 

मनसराको उपचारका लागि अर्थ सङ्कलन पनि भइरहेकाले इच्छुक दातालाई मनसरा लुहारकै नाममा सानिमा बैंक मान्मा शाखामा खोलिएको खाता नं ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood