annapurna add

मन्थली नगरपालिका ११ स्थित मनकामना माद्यमिक विद्यालयका सहायक प्राध्यापक जनार्दन कार्किको पहलमा स्यानिटाइजर वितरण गरिएको छ ।

ramachapnews

बिहीबार मन्थलि नगरपालिका ११ र १२ मा रहेको स्वास्थ सस्थालाइ छुट्टाछुट्टै कार्यक्रम गरी रामेछप साहित्य समाजका अध्यक्ष सागर बोहोरा र सहायक प्राध्यापक कार्कीले स्यानिटाइजर वितरण गरेका हुन ।

स्यानिटाइजर वितरण कार्यक्रममा उपस्थित युवाहरूले स्वास्थ्यकर्मीको स्वास्थ प्रति चासो देखाउदै मन्थलि नगरपालिका ११ मा आइसोलेसन र क्वारेन्टाइन बनाउन ध्यानाकर्षण गराएका छन ।

त्यस्तै स्वास्थकर्मी सुपना मोक्तानले स्थानिय र स्वास्थ्य कर्मीको स्वास्थप्रति स्थानिय सरकार मौन रहेको आरोप लगाएकी छिन् ।

सोही विषयमा बोल्दै मन्थली वडा नम्बर ११ का वडासदस्य जित बहादुर तामाङले भोली शुक्रवारसम्म क्वारेन्टाइन र आइसोलेसन तयार हुने बताए।

मन्थली नगरपालिका १२ को स्वास्थ्य सस्थाले भने ३ वटा बेडसहित को क्वारेन्टाइन तयार गरिसकेको वडाअध्यक्ष कृस्नहरी अधिकारीले जानकारी दिए ।

स्यानिटाइजर वितरण यातायातको व्यवस्था गरेका समाजसेवी कैलाश बुढाथोकिले गाउ बिकासको लागी जस्तोसुकै कार्य गर्न पनि तयार रहेको बताए ।

उक्त कार्यक्रममा गेलु उप स्वास्थ्य चौकीका जनप्रतिनिधि ११ वडाका सदस्य जित बहादुर तामाङ, पत्रकार कैलाश खत्री , मन्थली ११ का युवाहरु राजन कुमार श्रेष्ठ , सन्जय थापामगर, सुनिल थापामगर, हरी बुधाथोकि लगायतको उपस्थिति रहेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...